बालकोटको छलफल लम्बिएपछि अर्थमन्त्री विष्णु पौडेल पनि पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बालकोटको छलफल लम्बिएपछि अर्थमन्त्री विष्णु पौडेल पनि पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता लम्बिएको छ ।

आज ओली निवास वालकोटमा २ नेताबीच दिवाखाना सहितको भेटवार्ता भएको हो । आजको भेटमा मुख्यत सभामुखबारे छलफल भएको बताइएको छ ।

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ । जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रुप दिने दुई नेताको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राख्नु भएको छ । प्रधानमन्त्री दहालले विश्वासको मतदिने कांग्रेसलगायतका दलसँग सभामुख र राष्ट्रपतिका विषयमा छलफल गर्नुपर्ने बताएपछि एमाले सशंकित भएकोबेला आज यो भेटवार्ता भएको हो ।

मन्त्रिपरिषलाई पूर्णता दिने प्रयासमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच पछिल्लो समय भेटघाट बाक्लिएको छ । उहाँहरुबीचको बार्ता लम्बिएपछि छलफलको बीचमा उपप्रधान तथा अर्थमन्त्री विष्णुपौडेल पनि बालकोट पुग्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);