बालकोटबाट बाहिरिए प्रधानमन्त्री, मन्त्रिपरिषद विस्तार आजै हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बालकोटबाट बाहिरिए प्रधानमन्त्री, मन्त्रिपरिषद विस्तार आजै हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटबाट बाहिरिएका छन् ।

एमाले अध्यक्ष ओलीसँगको लामो छलफल पछि प्रधामन्त्री प्रचण्ड त्यहाँबाट भर्खरै बाहिरिएका हन् । ओली र प्रचण्डबीचको छलफलमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलपनि सहभागी थिए ।

बालकोट बाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीलाई संक्षीप्त प्रतिक्रिया दिदै मन्त्रिपरिषद् विस्तार आजै हुने बताएका छन् ।

सभामुखको निर्वाचनबारे भने भोली छलफल हुने उहाँको भनाई थियो । प्रधानमन्त्री दाहालले आफुलाई विश्वासको मत दिने सबै पार्टीलाई मंगलबार छलफलका लागि बोलाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);