देउवा नबोल्दै अतिथिहरू मञ्चबाट बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

देउवा नबोल्दै अतिथिहरू मञ्चबाट बाहिरिए

काठमाडौं । नेपाली कांग्रेसको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन नेपाल र भारतका राजनीतिज्ञहरू पुगेका थिए । 

तर, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनअघि नै धेरै पाहुनाको रुपमा आएका नेताहरू मञ्चबाट बाहिरिसकेका छन् । एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालसहितका अतिथिहरू देउवाको सम्बोधन अघि नै कार्यक्रमबाट बाहिरिएका हुन् । 

एमाले विभाजनपछि पहिलोपटक ओली, नेपाल र प्रचण्ड सहभागी सो मञ्चबाट उनीहरूसहित जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, माले महासचिव सिपी मैनाली आफ्नो सम्बोधन सकेर बाहिरिएका हुन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);