कांग्रेसलाई सम्झाउन जान्छु भनेर आएका ओलीले भने-कांग्रेस आर्काको एजेण्डमा नहिडोस् | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कांग्रेसलाई सम्झाउन जान्छु भनेर आएका ओलीले भने-कांग्रेस आर्काको एजेण्डमा नहिडोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी थिए । उनी त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किएका थिए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);