कांग्रेसलाई ओलीको प्रश्न- किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ?  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेसलाई ओलीको प्रश्न- किसुनजी र गणेशमानले हाँसेर पार्टी छाड्नु भएको थियो ? 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले नेपाली कांग्रेस त्यसै नछाडेको बताएका छन् । उनले कांग्रेस बिग्रिएका कारण नेताद्वयले जीवनको अन्तिमकालमा पार्टी छाडेको बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा साेमबार आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै नेता नाच्दै हाँसेर पार्टीबाट ननिस्किएको बताए ।

‘कृष्णप्रसाद भट्टराई (किसुनजी)ले यत्तिकै कांग्रेस पार्टी छाडेका होइनन् । जीवनको उत्तरार्द्धकालमा पार्टी छाड्नुभयो । नेता गणेशमान सिंहले पनि यत्तिकै पार्टी छाड्नु भएको होइन । २००३ सालमा भद्रगोल जेल तोडका नेताले यत्तिकै हाँस्दै हाँस्दै, नाच्दै नाच्दै पार्टी छाड्नुभयो होला ?’, ओलीले भने । उनले बिपी कोइराला अहिले भएको भए पनि पार्टी छाड्ने थिए भनेका छन् ।  यस्तै उनले देश बनाउने पार्टी रहेको बताए । एमाले नीति कार्यक्रम, योजना र देश विकासको संकल्प भएको पार्टी भन्दै उनले पोखरावासीसँग मत मागेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);