एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : शेरबहादुर देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : शेरबहादुर देउवा

धनगढी । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए ।

‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’  ३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदै छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);