प्रधानमन्त्री प्रचण्ड बालकोटमा,ओलीसँग 'लन्च मिटिङ' गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री प्रचण्ड बालकोटमा,ओलीसँग ‘लन्च मिटिङ’ गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । प्रचण्ड सत्तारुढ दल एमालेका अध्यक्ष ओलीलाई भेट्न आफै बालकोट पुगेका हुन् ।

ओली र प्रचण्डबीच बालुवाटारमा पटक–पटक छलफल भइरहेको छ । प्रचण्ड संसदबाट विश्वासको मत लिएपछि पहिलो पटक बालकोट पुगेका हुन् ।

राष्ट्रपति र सभामुख दिने बारे एमालेसँग कुनै पनि सहमति नभएको प्रचण्डको अभिव्यक्तिपछि एमालेले आशंका गरिरहेको बेला प्रचण्ड आफै ओली निवास पुगेका हुन् । प्रचण्ड आज दिवा भोजपछि मात्रै बालुवाटार फर्कने उनको सचिवालयले जनाएको छ ।

दूई शीर्ष नेताबीच मन्त्रिपरिषद गठन, राष्ट्रपति र सभामुख निर्वाचनका बारेमा छलफल भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);