चिनियाँ पाहुनाको उच्चस्तरीय राजनीतिक भेटघाट,लिको भेटघाटले आज उपत्यकाको सवारी आवागमनसमेत प्रभावित हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

चिनियाँ पाहुनाको उच्चस्तरीय राजनीतिक भेटघाट,लिको भेटघाटले आज उपत्यकाको सवारी आवागमनसमेत प्रभावित हुने

काठमार्डौ । मंगलवार चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष लि झान्सु उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनेछन्। लिको भेटघाटले आज उपत्यकाको सवारी आवागमनसमेत प्रभावित हुने भएको छ।

ट्राफिक प्रहरीले विशेष कारण देखाउँदै ९ बजेको आसपासमा रविभवन सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, माइतीघर, नयाँ बानेश्वरदेखि तिनकुने आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको जनाएको छ।

त्यस्तै साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माईतिघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्मको सवारी आवागमन प्रभावित हुने भएको जनाएको छ। दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ। उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

लिले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। यस्तै आजै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। लिले परराष्ट्रमन्त्री डा नारायण खड्का, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनासँग भेट गर्नेछन्।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनमै भेट्ने कार्यतालिका रहेको छ। परराष्ट्रमन्त्री नारायण खड्कासँग होटल सोल्टीमा भेटेपछि प्रधानमन्त्री देउवालाई भेट्न लि बालुवाटार जाने कार्यक्रम रहेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने भोलि राष्ट्रपति भवन शीतल निवासमा भेट्ने कार्यतालिका रहेको छ। लिलाई आइतवार सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका थिए भने उनको सम्मानमा रात्रिभोजसमेत आयोजना गरेको थियो। लिको आगमनमा हिजो पनि राजधानीका विभिन्न स्थानमा सवारी आगामन प्रभावित बनेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);