Our Network

कार्तिक ३ २०७८, बुधवार

महेश बस्नेतलाई देउवाको चुनौती – मलाई होइन, जिल्ला सभापतिलाई हराएर देखाउ

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले सांसद महेश बस्नेतलाई आफूलाई नभई आफ्ना भक्तपुर जिल्ला सभापतिलाई हराएर देखाउन चुनौती दिएका छन् ।

शक्रबार बिहान भक्तपुर सूर्य विनायक नगरपालिलका–५ कटुन्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आफूलाई नभई कांग्रेस जिल्ला सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिएका हुन् ।

महेश बस्नेतको निर्वाचन क्षेत्रमा नै देउवाले यसरी चुनौती दिएका हुन् । केही समय अघि महेश बस्नेतले सो निर्वाचन क्षेत्रमा देउवा उठे देउवालाई नै हराउने अभिव्यक्ति दिएका थिए । यसैको जवाफमा देउवाले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

शुक्रबारबाट कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गर्दै कांग्रेस सशक्त बनाउने अभियानमा होमिएको बताएका थिए । साथै उनले आगामी निर्वाचनमा पार्टीलाई बलियो पार्टी बनाउनुपर्ने पनि बताए ।

Leave a Reply