जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती

deuba

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ५६ जिल्ला सभापतिहरूलाई विशेष केन्द्रीय महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् ।

बिहीवार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले कार्य समितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिएका हुन् । कांग्रेसका ५६ जिल्ला सभापतिहरूले गत मंगलवार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै महाधिवेशनमा केन्द्रिय सदस्यहरु स्वतः प्रतिनिधिको रुपमा आउने प्रावधान संशोधन नगरे विशेष केन्द्रीय महाधिवेशन बोलाउन हस्ताक्षर गर्ने चेतावनी दिएका थिए ।

उनीहरूले समानुपातिक तथा समावेशी कोटा दोहोर्याउन नपाउने व्यवस्था समेत विधानमा राख्नुपर्ने माग गरेका थिए । कांग्रेसको गत पुस २९ गते देखि ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा अधिकांश महासमिति सदस्यहरूले विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धित प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसर नदिने सम्बन्धी व्यवस्था थप गर्न म्यान्डेट दिएका थिए ।

तर केन्द्रीय कार्य समितिको बैठकले महासमिति सदस्यहरूले दिएको म्याण्डेटलाई लत्याएर विधान पास गरेका थियो । देउवाले महासमिति बैठकमा उक्त विषयहरू उठेको तर निर्णय नभएकाले विधानमा संशोधन नगरिएको उल्लेख गरे ।

उनले आफूलाई पार्टी चलाउन कसैले रोक्न नसक्ने भन्दै तीन वर्षदेखि पार्टी सञ्चालन गर्दै आएको र अहिले पनि कसैले रोक्न नसक्ने दाबी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);