विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियान

nepali congress

काठमाडौं, २ चैत । महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन् । महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता जनाए पनि केन्द्रीय समितिबाट बहुमतले विधान पारित गर्दा यो विषय हटाएकोप्रति कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् ।

शुक्रबार अनामनगरमा बसेको नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको गोप्य भेलाले विशेष महाधिवेशन बोलाउन आवश्यक पर्ने ४० प्रतिशत महाधिवेशन प्रतिनिधि पु-याउन सबै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको हो । ‘सभापति र नेताले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न जितेर आउने, आरक्षण र समानुपातिकमा एक व्यक्ति दोहोरिरहन नपाउने विषयलाई महासमिति बैठकको समापनमा प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरूको प्रतिबद्धतापछि महासमिति समापन सहज भएको थियो,’ नुवाकोट कांगे्रस सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘तर, महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेका हौँ ।’

केन्द्रीय समितिले महासमितिको निर्णयलाई उल्ट्याएको विषयमा ५६ जिल्ला सभापतिहरूले पार्टी नेतृत्वलाई आग्रह गरे पनि बेवास्ता गरेपछि विशेष महाधिवेशन बोलाउने बाटोमा अग्रसर भएको उनले बताए । ७७ वटै जिल्लामा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्दा सभापतिहरूले अग्रसरता लिने उनीहरूले गरेका छन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);