चन्दा आतंकले रोजगार व्यवसायी त्रसित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चन्दा आतंकले रोजगार व्यवसायी त्रसित

chanda atanka

काठमाडौं, २ चैत । नेक्रवित्रम चन्द नेतृत्वको नेकपाको युवा संगठनले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा विस्फोट गराउनुको मुख्य कारण चन्दा नै रहेको पाइएको छ । व्यवसायीका अनुसार युवा संगठनले सबै म्यानपावर व्यवसायीसँग समन्वय गरी चन्दा दिन अध्यक्ष गुरुङसमक्ष माग गरेका थिए ।

गुरुङले व्यवसायीको अवस्था नाजुक रहेको भन्दै तत्काल चन्दा दिन नसक्ने बताए । संगठनले चन्दा मागेको चिठी फिर्ता लग्यो । त्यसको केही दिनपछि गुरुङको घरमा निकै शक्तिशाली बम विस्फोट गराए ।

चन्दा नदिएकै कारण मानवीय क्षति हुने गरी विस्फोट गराएपछि वैदेशिक रोजगार व्यवसायी त्रसित छन् । विस्फोटपछि सरकारसँग छलफल गर्न व्यवसायीले बनाएको घटना समन्वय समितिका संयोजक दिलप्रसाद पोखरेलले व्यवसायीहरू चन्दा आतंकबाट पीडित भएको बताए । ‘झन्डै ६० प्रतिशत म्यानपावर व्यवसायीलाई चन्दा दिन पत्र आएको छ,’ उनले भने, ‘यो विषय लुकेर लुक्ने होइन । व्यवसायीहरू यस्तो अवस्थामा चन्दा दिन सक्ने हैसियतमा छैनन् ।’

चन्द समूहले ठूला म्यानपावरलाई ३ लाख र सानालाई १ लाखसम्म चन्दा दिन पत्र काटेको छ । ‘सिधा चन्दा दिन अप्ठ्यारो पर्नेलाई विज्ञापनका रूपमा पनि मागिएको छ,’ उनले भने, ‘म्यानपावरले आफ्नै खल्तीबाट रकम दिने होइन । चन्दा माग्नु भनेको कामदारसँग अनावश्यक पैसा उठाउन दबाब दिनु हो ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);