विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ

biplov

सर्लाही, १७ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन् । महोत्तरी–सर्लाही इञ्चार्ज कमलबहादुर सुसलिङलाई प्रहरीले आईतबार राति महोत्तरीबाट पक्राउ गरेको हो । सुसलिङलाई प्रहरीले गौशाला नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा जिल्ला इञ्चार्ज सुसलिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो । गएको पुस ५ गते भएको प्रतिनिधि सभा विघटनपछि सरकारले विप्लव समूहसँग वार्ताको लागि तयार गरेको थियो ।

तर फागुन ११ गते सर्वाेच्चले सो निर्णयलाई बदर गर्दै प्रतिनिधि सभा पुनस्र्थापनको फैसला सुनाएपछि विप्लवसँगको वार्ता टाढिएको छ भने उसका कार्यकर्ताहरु पक्राउ पर्ने क्रम पनि जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);