बन्दकै दिन विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बन्दकै दिन विप्लव नेतृत्वको नेकपाका दुई नेता पक्राउ

सुवास आचार्य
बागलुङ, १० माघ ।
सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रमचन्द विप्लव नेतृत्वको नेकपा दुई जना नेता बागलुङबाट पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपाका नेता विकिरण र बावुलाल शाक्य पक्राउ परेका हुन् । बागलुङ नगरपालिका वडा नम्वर ७ का पूर्णप्रसाद निउरेको घरमा रहेको भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका विकिरणको साथबाट ४ वटा मोवाइल र चन्दा उठाउने रसिद तथा शाक्यको साथबाट २ वटा मोवाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । उनिहरु यस अघि पटकपटक पक्राउ परी छुट्ने गरेका थिए ।

पक्राउ परेका उनिहरुलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);