पाल्पामा अवैध चन्दा संकलन गरेको अभियोगमा ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पाल्पामा अवैध चन्दा संकलन गरेको अभियोगमा ५ जना पक्राउ

पाल्पा । पाल्पामा अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

जिल्ला सदरमुकाम तानसेनस्थित बसपार्कमा गैरकानुनी तवरबाट चन्दा संकलन गरेको सूचनाका आधारमा तानसेन–६, बसपार्कको करुवा होटलबाट प्रहरीले पाँच जना पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखा पालुङ्टार–७ का ३६ वर्षीय दीपक भन्ने प्रदीप गुरुङ, मोरङ उर्लाबारी–९ का ३३ वर्षीय धनबहादुर विश्वकर्मा, पथरी–९ का ४३ वर्षीय राजेश खरेल रहेका छन् । यस्तै झापा कनकाई–४ का ३८ वर्षीय केदार विक र कनकाई–३ का ४६ वर्षीय सूर्यबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट मृगौला पीडित सहयोग लेखेको सहयोग रसिद र सामाजिक सहयोग नेपाल अभियानको नामबाट गरी ५० थान बढी सहयोग रसिद बरामद गरिएको पाल्पा प्रहरी प्रमुख एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए । 

यस्तै पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा संकलन गरेको २१ हजार २५५ रुपैयाँ पनि बरामद गरिएको प्रमुख भट्टराईले बताए । पक्राउ परेका पाँचै जनामाथि थप गरी अनुसन्धान भइरहेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);