पोखराको विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोखराको विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट सेवा

सुवास आचार्य
पोखरा, २३ फागुन । पोखराको विन्ध्यवासिनी मन्दिरमा अबदेखि लिफ्ट चढेर दर्शन गर्न पाइने भएको छ । एक करोडको लागतमा विन्ध्यवासिनी मन्दिरमा बनेको लिफ्टको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उद्घाटन गरेकी छन् ।

पोखराको विन्ध्यवासिनी मन्दिरमा भक्तजनको सुबिधालाई ध्यानमा राखी लिफ्ट सेवाको सुरु गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले विन्ध्यबासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको शिलापत्र अनावरण गरी उद्घाटन गरेकी छन् ।

लिफ्ट सञ्चालन गरिएसंगै अब मन्दिर दर्शनका लागि पुग्ने फरक शारीरिक क्षमता भएका र ज्येष्ठ नागरिकहरुलाई सहयोग पुग्नेछ । विन्ध्यवासिनी मन्दिरमा गुरुकुल सभा भवन निर्माण, योग शिविर सञ्चालन, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले व्यवसायिक समूह लक्ष्मी स्वरुम र हुण्डाई मोटरको सहकार्यमा विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गरिएको हो । मन्दिरमा दर्शन गर्न आउने वृद्धवृद्धा एवं अपांगता भएकाको सहजताका लागि लिफ्ट निर्माण गरिएको विन्ध्यवासिनी मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

गत वर्ष वैशाख महिनादेखि निर्माण सुरु भएको उक्त लिफ्ट ६० फिट अग्लो छ । श्रेष्ठका अनुसार लिफ्टमा एकैपटक १२ जनासम्म चढ्न मिल्छ । यसको भारबहन क्षमता ६ सय ८० किलोग्राम रहेको छ ।

उक्त लिफ्ट एक करोडको लगानीमा बनेको हो । विन्ध्यवासिनी मन्दिरमा दैनिक करिब ३ हजार जनाले भ्रमण गर्ने व्यवस्थापन समितिको भनाइ छ । सचिव श्रेष्ठले हाललाई जेष्ठ नागरिक र शारीरिक अपांगता भएका व्यक्तिलाई मात्रै लिफ्टको निशुल्क व्यवस्था गरिएको जानकारी दिए ।

राष्ट्रपति भण्डारीले बिहीबार नै गोरखा जिल्लाको मनकामना मन्दिरको पनि अवलोकन भ्रमण गर्नुका साथै पुजा आराधना गरेकी छन् । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको पुन निर्माण करिव १४ लाखको लागतमा भएको हो ।

२०७२ वैशाख १२ मा गएको भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । पुनर्निर्माण सम्पन्न भएपछि मनकामना मन्दिर भक्तजनका लागि खुला गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);