प्रतिनिधिसभाद्वारा पूर्व सांसद पण्डितको निधनमा शोक प्रस्ताव पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधिसभाद्वारा पूर्व सांसद पण्डितको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं, २३ फागुन । संघीय संसदको प्रतिनिधिसभाले पूर्व सांसद गणेश पण्डितको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको दोस्रो बैठकले सांसद पण्डितको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

तत्कालीन नेकपा एमालेको तर्फबाट २०४८ सालको निर्वाचनमा नुवाकोटबाट निर्वाचित भएका पूर्व सांसद पण्डितको ७२ वर्षको उमेरमा गत मंगलबार हृदयघातका कारण निधन भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका पूर्व सांसद पण्डितको निधनमा सांसदहरुले एक मिनेट मौन धारण समेत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी आईतबार फागुन २६ गते मध्यान्ह १२ बजेका लागि बोलाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);