जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगीत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभा बैठक स्थगीत

rastriya sava

काठमाडौं, १६ साउन । पूर्व सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै आज बसेको राष्ट्रिय सभाको बैठक स्थगीत भएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णकुमार जोशी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बैतडी जिल्ला क्षेत्र नम्बर एक बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति समेत रहेका जोशीको तिरहत्तर बर्षको उमेरमा मंगलबार दिउसो बुढानिलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । राष्ट्रियसभाको आगामी बैठक बिहिबार बिहान साढे एघार बजे बोलाईएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);