शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

शोक प्रस्ताव पारित गरेर संसद बैठक स्थगित

samsad sthagit

काठमाडौं, १७ असार । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

२०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको आज निधन भएको थियो । मुटुसम्बन्धि पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा आज निधन भएको थियो । बाग्लुङको तमानखोला ५ मा जन्मिनुभएका छन्त्याल ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा बस्दै आउनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाले बताउनुभयो ।

यस्तै राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबार १ बजेटका लागि बोलाइएको बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);