सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै प्रमुख बिपक्षीदल नेपाली कांग्रेस सडकमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै प्रमुख बिपक्षीदल नेपाली कांग्रेस सडकमा

congress

काठमाडौं, १६ साउन । सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै प्रमुख बिपक्षीदल नेपाली कांग्रेस सडकमा उत्रिएको छ ।

सरकार बनेको छ महिनामा पुरा नहुँदै कांग्रेस सडकमा आउँदा सत्तापक्षमन नेताहरु समेत सरकारले सम्यमता अपनाउन नसकेको बताइरहेका छन् । विश्लेषकहरुले भने प्रतिपक्षलाई सरकारले नै सडकमा पठाएकोे टिप्पणी गरेका छन् । सरकारको छैटौ महिनाको कार्यकाल जारी रहँदा प्रमु्ख प्रतिपक्षी नेपाली कांग्रेसले देशव्यापि प्रदर्शन गरेको छ । समृद्धि र सुशासनको नारा दिएर बनेको दुुइतिहाई बहुुमतको सरकारलाई प्रमुख प्रतिपक्षले तिनै जनजीविकाका सवाल उठाएर चुनौति दिइरहेको छ । प्रधानमन्त्रीले माइतिघर भन्दा बाहिर जाने हैसियत नभएर माइतिघरलाई निषेधित क्षेत्र घोषणाको विरोध गर्यो भन्ने आरोप लगाएपछि आक्रोसित भएको कांग्रेसले देशव्यापि विरोध प्रदर्शन गरेको छ ।

सत्तापक्षकै नेताहरुले यसलाई समृद्धिको नारा लिएरको सरकारबाट कमजोरी गरेको बताएका छन् । सरकारको छ महिना पुरा नहु्ँदै आन्दोलनमा गएका विषयमा सामाजिक संजाल देखि संसदसम्म आन्दोलनको औचित्य उठाइ् राखिएको छ । सत्तापक्षका नेताहरुले त कांग्रेसको आन्देलनलाई एजेण्डाविहिन आन्दोलनका रुपमा टिप्पणी गरिरहेका छन् । तर, विश्लेषकहरु प्रतिपक्षको काम नैं सरकारलाई सचेत गराउने भन्दै सडकमा जानुलाई स्वभाविक रुपमा टिप्पण्री गर्छन् ।

नेपाली कांग्रेसले सडक प्रदर्शनका क्रममा महंगी, सरकारको स्वैच्छाचारी प्रवृतिसँगै सबै क्षेत्रमा हस्ताक्षेपको नीतिका विरोध गरेको छ । कतिपय विश्लेषकहरु कांग्रेसले सर्वसत्तावाद भनेपनि सरकारले स्वेच्छारिता भने देखाइरहेको बताउँछन् । संविधान बनेपछि त्यसलाई कार्यान्वयन गर्ने र मुलुकलाई स्थिरता दिने बर्तमान सरकारको प्राथमिकता हो भने त्यसलाई रचनात्मक सहयोग गर्ने प्रतिपक्षको कर्तव्य हो ।

एकातिर सरकार प्रतिपक्षलाई विश्वास लिन सकिरहेको छैन भने प्रतिपक्षपनि सरकारको छ महिना पुरा नहुदै सडक संघर्षमा उत्रिएको छ । यीे दुुबै राजनीतिक स्थिरताका लागि सकारात्मक संकेत होइनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);