राष्ट्रपति लुकासेन्काको राजीनामा माग गर्दै सडक प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

राष्ट्रपति लुकासेन्काको राजीनामा माग गर्दै सडक प्रदर्शन

एजेन्सी, १५ भदाै । बेलारुसमा राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामा माग गर्दै जनताहरु सडकमा उत्रिएका छन् । गत अगष्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल पद त्याग गर्न माग गर्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् ।

राष्ट्रपति लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध गरेका थिए । बिगत २६ वर्षदेखि लगातार राष्ट्रपति रहेका ६६ लुकासेन्को उमेर हदका कारण पनि पदमा बस्न लायक नभएको भन्दै प्रदर्शनकारीहरुले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सडकमा प्रदर्शन गर्ने क्रममा प्रहरीले १ सय २५ जना प्रदर्शनकारीलाई पक्राउ परेको बताएको छ । प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप समेत भएको र उक्र संख्याका प्रदर्शनकारी पक्राउ परेका हुन् । यता राष्ट्रपति लुकासेन्कोले निर्वाचनमा धाँधली नभएको भन्दै आफू कुनै पनि हालतमा पद त्याग गर्ने पक्षमा नरहेको अडान राख्दै आउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);