अमेरिकामा प्रदर्शनकामाझ ट्रम्प र बाइडनबीच आरोप प्रत्यारोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अमेरिकामा प्रदर्शनकामाझ ट्रम्प र बाइडनबीच आरोप प्रत्यारोप

एजेन्सी, १५ भदौ । अमेरिकाको पोर्टल्याण्डमा हिंसक बनेको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडन चर्को आरोप प्रत्यारोपमा उत्रिएका छन् । ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याट मेयर टेड विलरलाई सहरमा मृत्यु र विध्वंशको बाटो खोलेको आरोप लगाएका छन् ।

बाइडनले भने राष्ट्रपति ट्रम्पले गैरजिम्मेवार तरिकाले हिंसा उकासेको र अमेरिकामा घृणा र विभाजनको आगो फुकेको आरोप लगाए । आइतवार चरणबद्ध ट्वीटहरू गर्दै ट्रम्पले मूर्ख मेयरसँग पोर्टल्याण्डले कहिल्यै पुरानो स्वरूप नपाउने बताएका थिए। र उनले त्यहाँ सङ्घीय बलका जवानहरू पठाउनु पर्ने सोचिरहेको जनाएका छन्। उनले बाइडनलाई नेतृत्व गर्न र अपराधविरुद्ध बोल्न नचाएको आरोप लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);