ग्वाटेमालामा बजेटको विरोधमा उत्रिएका प्रदर्शनकारीद्वारा संसद भवनमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ग्वाटेमालामा बजेटको विरोधमा उत्रिएका प्रदर्शनकारीद्वारा संसद भवनमा आगजनी

एजेन्सी, ७ मंसिर । ग्वाटेमालामा बजेटको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेका छन् । संसदबाट पारित भएको बजेटको विरोध विपक्षीहरुले गरेको विरोधक क्रममा प्रदर्शनकारीहरुले संसद भवनमा आगजनी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

आगजनीको समयमा राजधानी ग्वाटेमाला शहर स्थित संसद भवन खाली रहेको बताइएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति अलेक्जेन्ड्रो जियाम्माटेनीको राजीनामा समेत माग गर्दै आगजनी र तोडफोड गरेका हुन ।

बजेटले सरकारसंग नजिक रहेका कम्पनीहरुलाई ठूला संरचनाका आयोजना संचालन गर्ने गरि प्राथमिकता दिएको र कोरोनाका कारण सामाजिक र आर्थिक क्षेत्रमा परेको प्रभावका सम्बन्धमा कुनै ध्यान नदिएको विपक्षीहरुको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);