तिब्बतका निर्वासित सरकारका प्रमुखद्वारा ह्वाइट हाउसको भ्रमण

एजेन्सी , ७ मंसिर । अमेरिका र चीनबीच चलिरहेको व्यापारिक गतिरोधबीच तिब्बतको निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगेले ह्वाइट हाउसको भ्रमण गर्नुभएको छ ।

डाक्टर सांगेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेटघाट गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तिब्बतको निर्वासित सरकारको कुनै नेताको यो पछिल्लो ६ दशकमा यो पहिलो आधिकारिक अमेरिकी यात्रा हो । अमेरिकाको यो कदमले चीनसँग चिसिएको सम्बन्धमा थप तनाव आउन सक्ने विश्लेषण गरिएको छ ।

चीनले अमेरिकामाथि तिब्बतमा अस्थिरता फैलाउन खोजेको आरोप लगाइरहेका बेला तिब्बती सरकार प्रमुखलाई ह्वाइट हाउसमा स्वागत गर्ने कार्यबाट दुई देशबीचको सम्बन्धमा थप तिक्तता आउने अनुमान गरिएको हो ।

केन्द्रीय तिब्बती प्रशासन सिटिएका लागि यो एक ऐतिहासिक कदम हो । केन्द्रीय तिब्बती प्रशासन सिटिएको मुख्यालय भारतस्थित हिमाचल प्रदेशको धर्मशालामा छ ।

Leave a Reply

ताजा समाचार