दलाई लामाको जन्मदिन मनाउन रोक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दलाई लामाको जन्मदिन मनाउन रोक

dalai lama

काठमाडौं, २१ असार । गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो।

जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेको हो। नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चिनियाँ उच्च अधिकारीसँग गरिने हरेकपटकको भेटवार्तामा नेपाल सबै तहका नेता तथा प्रशासकले दोहो¥याउने शब्द हो, ‘हामी एक चीन नीतिमा हामी प्रतिबद्ध छौं।’ जिल्ला प्रशासनले चीनविरोधी गतिविधि गर्न नदिने भन्दै लामाको जन्मोत्सव मनाउने कार्यक्रम गर्न अनुमति नदिएको हो।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले दलाई लामाको जन्मदिन मनाउन अनुमति नदिएको बताए। ‘तिब्बती समुदायले कार्यक्रम गर्न अनुमति मागेका थिए। तर हामीले अनुमति दिएनौं,’ आचार्यले भने।

गत वर्ष तिब्बती समुदायले जाउलाखेलस्थित तिब्बती शिविरमा कार्यक्रम गरेर लामाको जन्मोत्सव मनाएको थियो। गत वर्ष गृह मन्त्रालयले रोक लगाएको थिएन। तिब्बती समुदायले लामाको जन्मोत्सव मनाउनु चीनविरोधी गतिविधि हुने निष्कर्ष निकाल्दै गृह मन्त्रालयले त्यस्ता कार्यक्रममा रोक लगाएको स्रोतले बतायो।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);