अमेरिकी तल्लाे सदनबाट तिब्बतको मानवअधिकार सम्बन्धी विधेयक पास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अमेरिकी तल्लाे सदनबाट तिब्बतको मानवअधिकार सम्बन्धी विधेयक पास

Dalai-Lama

एजेन्सी, १६ माघ । अमेरिकी तल्लो सदनबाट तिब्बतको मानवअधिकार सम्बन्धी विधेयक पारित, तिब्बतमा अमेरिकी कन्सुलेट स्थापनाको अनुमति नदिएसम्म चिनियाँ कन्सुलेट स्थापनाका नदिने ।

तिब्बती नागरिकको मानव अधिकार, धार्मिक स्वतन्त्रता र तिब्बतको अर्थपूर्ण स्वायत्तताका लागि अमेरिकाले ‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट २००२’ लाई संशोधन गर्न नयाँ विधेयक ल्याएको हो । अमेरिकी तल्लो सदनमा ३९२ जना यो विधेयकको पक्षमा उभिए भने २२ जनाले यसको विपक्षमा मतदान गरे। अमेरिकी तल्लो सदनमा ४३५ जना सदस्य रहेका छन् ।

अमेरिकी तल्लो सदनले पास गरेको विधेयकमा निर्वासनमा रहेका धार्मिक गुरु दलाई लामाको उत्तराधिकारी चयनमा दबाब र्पुयाउन खोज्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने उल्लेख छ । त्यस्तै तिब्बतको राजधानी ल्हासामा अमेरिकी कन्सुलेट स्थापनाका लागि अनुमति नदिएसम्म अमेरिकामा थप चिनियाँ कन्सुलेट स्थापनाका लागि अनुमति नदिने विधेयकमा उल्लेख छ ।

यो विधेयक अमेरिकाको माथिल्लो सदन सिनेटले पास गरेपछि मात्रै ऐनको रुपमा लिनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);