नेकपाको केन्द्रीय कमिटी बैठक आजपनि जारी | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेकपाको केन्द्रीय कमिटी बैठक आजपनि जारी

nekapa meeting 2076

काठमाडौं, १६ माघ । सत्तारूढ दल नेकपाको केन्द्रीय कमिटी बैठक आजपनि जारी छ । बैठक बुधवारदेखि राजधानीको भृकुटी मण्डपस्थित राष्ट्रियसभा गृहमा शूरु भएको थियो ।

केन्द्रीय कमिटी सदस्य संख्या धेरै भएकाले पार्टी कार्यालयमा नअटाएपछि बैठक राष्ट्रिय सभागृहमा बसको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समितिको बैठक बसेको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा तयार पारिएको राजनीतिक प्रतिबेदन माथि छलफल जारी छ । अध्यक्षद्धको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।

यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।केन्द्रीय कमिटी जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिएको छ । हाल नेकपा केन्द्रीय सदस्यको संस्या ४ सय ४६ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);