नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नेकपाको राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्न प्रस्ताव

nekapa meeting 2076

काठमाडौं, १५ माघ । सत्तारूढ दल नेकपाको केन्द्रीय कमिटी बैठक बुधवारदेखि राजधानीमा सुरु भएको छ । भृकुटी मण्डपस्थित राष्ट्रियसभा गृहमा नेकपा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी सदस्य संख्या धेरै भएकाले पार्टी कार्यालयमा नअटाएपछि बैठक राष्ट्रिय सभागृहमा बसको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समितिको बैठक बसेको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा तयार पारिएको राजनीतिक प्रतिबेदन पेश गरिएको छ । राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ।

यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ । प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने हुने जनाइएको छ ।

केन्द्रीय कमिटी जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ । हाल नेकपा केन्द्रीय सदस्यको संस्या ४ सय ४६ रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);