सभामुखद्वारा चार विधेयक प्रमाणित गरी राष्ट्रपति समक्ष पेस | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सभामुखद्वारा चार विधेयक प्रमाणित गरी राष्ट्रपति समक्ष पेस

काठमाडौं, १५ माघ । सभामुख अग्निप्रसाद सापकोटाले चार विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउनुभएको छ ।

ती बिधेयकहरु राष्ट्रिय र प्रतिनिधिसभा दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी रहेका थिए । संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि सम्बन्धी आठौँ संशोधन विधेयकमा सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका निम्ती पठाइएको जनाइएको छ ।

यी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि तोकिएको समयमा लागु हुनेछन् । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ’नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमका व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपतिबाट स्वीकृत भएपछि प्रदेश प्रहरी गठनको काम सुरु हुनेछ ।

ती दुई विधेयक प्रमाणीकरण नहुँदा प्रहरी संगठनमा संघीयता कार्यान्वयन हुन सकेको थिएन । अब प्रदेश प्रहरी गठन र नेपाल प्रहरीका कर्मचारीको प्रदेश प्रहरीमा समायोजनको बाटो खुला हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);