प्रदेश प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले नै गर्ने कानुनी व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेश प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले नै गर्ने कानुनी व्यवस्था गर्न माग

police

काठमाडौं, १७ असार । सांसदहरुले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै समितिका सदस्य रामसहाय प्रसाद यादवले प्रदेश प्रहरीलाई आवश्यक पर्ने प्रहरीको व्यवस्थापन नेपाल प्रहरीले गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले त्यसका लागि नेपाल प्रहरीमा पुल दरबन्दीको व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव पनि अघि सार्नु भयो ।

समितिका अर्का सदस्य राजकिशोर यादवले प्रदेश सरकारले नै प्रदेश मातहतका सबै निकायमा प्रहरी परिचालन गर्ने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । यादवले प्रहरी सेवामा रहेका दम्पत्तिलाई पायक पर्ने गरी सरुवाको व्यवस्था गर्नुपर्ने सरकारको प्रस्ताव उचित भएको पनि बताउनु भयो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);