नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रबारेमा संसदीय समितिमा बहस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यक्षेत्रबारेमा संसदीय समितिमा बहस

पुष्पा पोखरेल
काठमाडौं, १३ साउन । नेपाल प्रहरी नेपालको गैर सैनिक प्रहरी सेवा हो । जसलाई जनपथ प्रहरीको रुपमा पनि चिनिन्छ । २०१२ स्थापना भएको नेपाल प्रहरीको कार्य क्षेत्रबारे राज्य व्यवस्था समितिको वैठकमा फरक ढंगले छलफल भएको छ ।

नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा केन्द्रित गर्ने र सशस्त्र प्रहरी बललाई शान्ति सुरक्षामा परिचालन गर्नेबारे बैठकमा छलफल भयो । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य सम्पादन सुपरिक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न वनेको विधेएकमाथि छलफल हुंदा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षेत्राधिकारमाथि छलफल भएको हो ।

पूर्व गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको संख्या कम भएकाले पनि सुरक्षाका लागि यसको परिचालन कम गर्नुपर्ने पनि बताउनु भयो ।

राज्य व्यवस्था समितिमा समितिका अर्का सदस्य दिलेन्द्रप्रसाद बडुले आवश्यकताको आधारमा सुरक्षा निकायको परिचालन गर्नुपर्ने बताउनु भयो । उहाँले विमानस्थलहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी र राष्ट्रिय अनुसन्धान विभाग सबै सुरक्षा निकाय परिचालन गर्नुपर्ने अडान राख्नु भयो ।

शान्ति शुरक्षाको कार्यमा प्रहरीलाई व्यवस्थित रुपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि सुरु भएको हो । माओबादी द्वन्द्व चर्किदै गएपछि सरकारले नेपाली सेना र नेपाल प्रहरीका विचमा सशस्त्र प्रहरी बल २०५७ सालमा गठन गरेको हो ।

छलफलमा रहेको विधेयकमा सशस्त्र प्रहरी बललाई शान्ति सुरक्षा तथा नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा दिने उल्लेख छ । यस्तो किसिमको विधेयकले नेपाल प्रहरी र शस्त्र प्रहरीबीच मनमुटावको स्थिति सृजना गरेको छ । नेपाल प्रहरीको क्षेत्राधिकार खुम्चाउन खोजेको नेपाल प्रहरीकै पूर्व अधिकारीहरुले आपत्ति जनाएका छन्।

राज्य व्यवस्था समितिमा छलफलमा रहेको प्रहरी संगठनको क्षेत्राधिकारबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनका बहालवाला पदाधिकारी अहिले कोही बोल्नु भएको छैन । तर नेपाल प्रहरीको क्षेत्राधिकार कटौति हुने गरि विधेयक अघि बढाइएकोमा असन्तुष्टि भने रहेको पाइन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);