आन्दाेलनकारी कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेश निधेष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आन्दाेलनकारी कानुन व्यवसायीलाई सर्वाेच्च प्रवेश निधेष

काठमाडौं । नेपाल बार एसोसियनले धर्ना सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वाेच्च अदालतको गेटमै रोक्ने घोषणा गरेको बारले बिहान नेपाल बार एसोसियनको केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको हो ।

तर, सुरक्षाकर्मीले आन्दाेलनकारीलाई सर्वाेच्च अदालत प्रवेशमा राेक लगाएकाे छ ।  बारको टोली सर्वाेच्च अदालत जाने कार्यक्रम रहे पनि गेट बन्द गरिएकाे छ । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कुनै पनि हालतमा सर्वाेच्चमा धर्ना दिइने बताए । ‘गिरफ्तारी हुनुपरे पनि तयार छौँ, तर आन्दोलन जारी रहन्छ,’ उनले भने ।

सर्वाेच्च क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएकोमा अहिले सशस्त्र प्रहरी पनि परिचालन भएको छ । सामान्यतया सर्वाेच्च परिसरको सुरक्षाको जिम्मा सर्वोच्च अदालत सुरक्षा गणले लिएको छ । तर, सुरक्षा संवेदनशीलता भन्दै हाल सुरक्षाको व्यवस्थापन नेपाल प्रहरीको काठमाडौं परिसरले गरिरहेको छ । सामान्य अवस्थामा प्रहरी मात्र परिचालन हुने गरेकामा आज सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);