परिवार दलको गण्डकी संयोजकमा थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

परिवार दलको गण्डकी संयोजकमा थापा

पोखरा । नेपाल परिवार दलको गण्डकी प्रदेश संयोजकमा प्रकाशबाबु थापा निर्वाचित भएका छन् । पोखरामा भएको तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको सहसंयोजकमा रामचन्द्र देवकोटा र बाबुराम शर्मा छन् । सचिवमा टलकप्रसाद भट्ट र कोषाध्यक्षमा कल्पना बराम चयन भएका छन् ।

सदस्यहरूमा, रवीन्द्र थापा, टिका विश्वकर्मा, हरि जिसी, गीता बजगाईं देवकोटा, दिवस घिमिरे र लक्ष्मी केसी छन् । कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ । आगामी मंसिर ४ र ५ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना गरिएको छ । सोही महाधिवेशनका लागि प्रदेश अधिवेशन गरिएको संयोजक थापाले बताए ।

यसअघि परिवार दलले निर्वाचनमा एमालेसँग सहकार्य गरेको थियो । तर, सरकारको कामप्रति असन्तुष्टि जनाउँदै बाहिर बसेको थियो । ‘हामीसँग गरिएको ३ बुँदे सहमति कार्यान्वयन भएन । अबको चुनावमा अर्को पार्टीसँग सहकार्य हुन सक्छ,’ उनले भने, ‘त्यो निर्णय छिट्टै केन्द्रले टुंगो लगाउँछ । रणनीति बनाइसकेका छैनौं ।’  

गण्डकीको कास्की र गोरखामा पनि अधिवेशन सकिएको छ । अन्य जिल्लामा केही दिनभित्रै टुंगो लगाइने परिवार दलले जनाएको छ । कास्कीमा प्रदेश सचिव टलकप्रसाद भट्टकै संयोजकत्वमा समिति बनेको हो । हाल ११ सदस्यीय समिति रहेको सो पाटीमा केन्द्रीय महाधिवेशनपछि भने सबै संरचना १ सय १ सदस्यीय हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);