प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी महानिरीक्षकलाई दिनुपर्ने नेकपा सांसदको प्रस्ताव, कांग्रेसको समर्थन | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी महानिरीक्षकलाई दिनुपर्ने नेकपा सांसदको प्रस्ताव, कांग्रेसको समर्थन

janardhan sharma

काठमाडौं, २३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

पूर्व गृहमन्त्री समेत रहनु भएका सांसद शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने व्यवस्था गर्न पनि त्यसमा नियुक्ती गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गर्नु भयो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा उहाँले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ती प्रदेश प्रहरीले गर्न पाउनुपर्ने ब्यवस्था गर्दा उपयुक्त हुने धारणा ब्यक्त गर्नुभयो । ।

बैठकमा समितिका सदस्य एबं काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक राख्ने सरकारको प्रस्तावमा सहमति जनाउनु भएको थियो ।

समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षकलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रावधान राखिएको छ ।

ताजा समाचार