प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने प्रस्ताव

dilendra pd badu

काठमाडौं, २५ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रदेश प्रहरीमा समायोजन हुने प्रहरीको एक तह स्वतहः बढुवा गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरीको समायोजन सम्बन्धी विधेयकमाथिको छलफलमा सांसद बडुले प्रदेश प्रहरीमा जाने प्रहरीको मनोबललाई कमजोर हुन नदिन एक तह स्वतहः बढुवा गर्नुपर्ने बताउनुभयो ।

सांसद बडुले सशस्त्र प्रहरी बल र निजामती सेवाका कर्मचारीको हकमा लागू भईसकेको यो व्यवस्था नेपाल प्रहरीमा लागू गर्न कसैले पनि कन्जुस्याई गर्न नहुने तर्क पनि गर्नु भयो ।

विधेयकमा २० हजार प्रहरी संघमा र करिव ५५ हजार प्रहरी प्रदेश प्रहरीमा समायोजन हुने उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);