राष्ट्रिय एकतालाई बलियो बनाउदै लैजानुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रिय एकतालाई बलियो बनाउदै लैजानुपर्नेमा उपप्रधानमन्त्री पोखरेलको जोड

Ishwor Pokhrel

काठमाडौं, २५ असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनु भएको छ ।

बुधवार मधेशी आयोगले राजधानीमा गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने उल्लेख गर्नुभयो । उहाँले मुलुकको स्वाभियानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याउनु भयो ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ–आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);