प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा नहुने | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा नहुने

prahari badhuwa nahune

काठमाडौं, १९ असार
सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ ।  संसदको राज्य व्यवस्था तथा शुसासन समितिको विहिबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो व्यवस्था प्रहरीमा गर्न नसकिने बताउनुभएको हो ।

उहाँले समायोजनमा लग्दा प्रदेश र संघ प्रहरीबीच विभेद आउने अवस्था देखिएपनि बढुवा गर्दा दायित्व बढ्ने र त्यसमा अर्थमन्त्रालयको सहमति प्राप्त नभएकाले बढुवाको संभावना नभएको स्पष्ट पार्नुभयो ।

गृहसचिव राइले प्रहरी नायव उपरीक्षकदेखि तलका पदहरु समायोजन र त्यो भन्दा माथिका पदहरु प्रदेशकै दरबन्दी भए पनि संघबाट खटाउने व्यवस्था मिलाईएको बताउनुभयो ।

बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिले प्रदेश प्रहरीको सिंगो प्रारुप गठन गर्न संभव नभएको तर्क गरेका थिए ।