कांग्रेसको १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कांग्रेसको १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद

nepali congress

काठमाडौं, २३ असार । नेपाली कांग्रेस भित्र पार्टीको १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएको छ ।

पार्टीको विधान अनुसार चार वर्षभित्रै १४ औं महाधिवेशन हुनुपर्ने भन्दै केन्द्रीय समितिको पहिलो अजेन्डा महाधिवेशन हुनुपर्ने असन्तुष्ट पक्षको अडानपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक नै प्रभावित भयो । नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले बैठकको मुख्य अजेन्डा नै महाधिवेशन र त्यसको तयारी हुनुपर्ने अडान राखेपछि बैठक नै प्रभावित हुन पुग्यो । विवाद बढेपछि आइतबार दिउँसो २ बजेका लागि बोलाइएको काँग्रेस केन्द्रीय समिति बैठक साँझ औचारिकता मात्र दिएर सकिएको छ ।

पार्टी पदाधिकारी र पूर्वपदाधिकारीबीच लामो छलफलपछि साँझ १४ बुँदे अजेन्डा तयार गर्दै केन्द्रीय समितिको बैठक स्थगित भएको छ । चैत ५ गतेपछि बोलाइएको केन्द्रीय समिति बैठकमा महाधिवेशनको विषयले प्रवेश नपाए सहभागी नहुने अडान असन्तुष्ट पक्षले राखेपछि बैठक बस्न ढिला भएको थियो । प्रस्तुत अजेण्डामाथि अध्ययनको लागि समय चाहिने भनिएपछि अर्काे बैठक असार २७ गतेसम्मलाई स्थगित गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);