एमसीसी इण्डो प्यासिफिकसंग नजोडिएको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

एमसीसी इण्डो प्यासिफिकसंग नजोडिएको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति

pri minister kp oli

काठमाडौं, १५ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संसद्बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्ने बताउनुभएको छ ।

बुधबार नेकपाको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले एमसीसी अन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताउनुभएको हो । उहाँले एमसीसी इन्डो–प्यासिफिकसँग नजोडिएको भन्दै त्यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले एमसीसीबाट नेपाललाई घाटा नभइ फाइदा हुने बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रा काम गरे पनि प्रचार हुन नसकेको भन्दै सरकारको लामो प्रगति बिवरण सुनाएर सरकारको बचाउ गर्नुभयो ।

ओलीले नेपाल ट्रष्टको जग्गा यति होल्डिङ्सलाई लिजमा दिने सवालमा सरकारले कुनै गल्ति नगरेको दाबी गुर्नभयो । उहाँले सरकारबिरुद्धको प्रचार आक्रमण बढेको गुनासो समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेता, कार्यकर्ताको आलोचना सहन आफूहरु तयार रहेको भन्दै देश बनाउन एकै तालमा हिँड्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठक माघ १९ गतेसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);