नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

बुधबारबाट सुरु भएको बैठकमा दाहालले अध्यक्षद्वको तर्फबाट प्रतिवेदन पेश गर्नुभएको हो । पार्टीका महासचिव विष्णु पौडेलले संगठनात्क प्रस्ताव र विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ ।

बैठकमा पेश भएका प्रस्तावहरुमाथि बिहीबारबाट छलफल सुरु हुनेछ । छलफलका लागि १५ वटा समूह बनाइएको महासचिव पौडेलले बताउनुभयो । ‘छलफलका लागि केन्द्रीय सदस्यहरुलाई १५ वटा समूहमा विभाजन गरिएको छ ।

शुक्रबार १ बजेसम्म समूहको छलफल जारी रहने छ । त्यसपछि समूह नेताबाट रिपोर्टहरु प्रस्तुत हुनेछ । बैठकको कारवाही अगाडी बढ्ने छ’, पौडेलले भन्नुभयो । यसअघि बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । पार्टी एकतापछि दोस्रो पटक केन्द्रीय समिति बैठक बसेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);