नेकपा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित

nekapa meeting 2076

काठमाडौं, १९ माघ । नेकपाको केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित गरेको छ । आइतबार सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको तर्फबाट पेश गरिएको राजनीतिक प्रतिबेदन परिमार्जनसहित सर्वसम्मतीले पारित गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ । यस्तै विधान संशोधन प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ। योसँगै सचिवालय सदस्य वामदेव गौतम नेकपाको केन्द्रीय उपाध्यक्ष हुनुभएको छ ।

बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । अध्यक्ष दाहालले बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताउनुभएको हो । उहाँले सरकारले छिट्टै नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले यति होल्डिङ्स बारे नेपाल ट्रस्टका अध्यक्ष समेत रहनुभएका रक्षामन्त्री ईश्वर पोखरेललाई स्वेतपत्र जारी गर्न निर्देशन दिइएको पनि बताउनुभयो ।

केन्द्रीय कमिटी बैठक गत बुधवारदेखि राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा बसेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);