नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि

nekapa baithak

काठमाडौं, १५ माघ । नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने  कार्यक्रम छ ।

नेकपा सचिवालयको मंगलबार बेलुका बसेको बैठकले आज बिहान ११ बजे बैठक सुरु गर्ने निर्णय गरेको हो । सचिवालय बैठकले आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ ।

बैठकको सुरुमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने र महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधनको प्रस्ताव पेस गर्ने बताइएको छ । बुधबार नै सातवटै प्रदेशका अध्यक्षले आ आफ्नो प्रदेशको रिपोर्ट पेस गर्नेछन् ।

बिहीबारबाट समूहगत छलफल हुने नेकपा सचिवालयको निर्णय छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । बैठक यही माघ २० गतेसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);