नेकपा केन्द्रीय समिति बैठक सुरु, बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेकपा केन्द्रीय समिति बैठक सुरु, बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन

nekapa baithak

काठमाडौं, १५ माघ । सत्तारूढ दल नेकपाको केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु भएको छ । भृकुटी मण्डपस्थित राष्ट्रियसभा गृहमा नेकपा केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

केन्द्रीय कमिटी सदस्य संख्या धेरै भएकाले पार्टी कार्यालयमा नअटाएपछि बैठक राष्ट्रिय सभागृहमा बसको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समितिको बैठक बसेको हो ।

बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्धिमा लैजान सबै जुट्नुपर्नेमा जोड दिनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले गरेका कामका उपलब्धीका बिवरण प्रस्तुत गर्दै सरकारको बचाउ गर्नुभयो ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ । यसअघि स्थायी कमिटीमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो ।

प्रतिवेदनमाथि भने बिहीबारबाट मात्रै छलफल गर्ने हुने जनाइएको छ । केन्द्रीय कमिटी जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिने बताइएको छ ।  हाल नेकपा केन्द्रीय सदस्यको संस्या ४ सय ४६ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);