जनचाहना अनुरुप काम नभएको भन्दै सरकारको आलोचना | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

जनचाहना अनुरुप काम नभएको भन्दै सरकारको आलोचना

pri minister kp oli

काठमाडौं, १७ माघ । सत्तारूढ दल नेकपाको राजधानीमा जारी केन्दीय कमिटिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिबेदनमा छलफल भएको छ ।

अध्यक्षद्धको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ । यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ । बिहिवार राजनीतिक प्रतिबेदन माथिको छलफलमा भाग लिदै केन्द्रीय सदस्यहरुले जनचाहना अनुरुप काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन । बैठक बुधवारदेखि राजधानीको भृकुटी मण्डपस्थित राष्ट्रियसभा गृहमा शूरु भएको थियो । केन्द्रीय कमिटी सदस्य संख्या धेरै भएकाले पार्टी कार्यालयमा नअटाएपछि बैठक राष्ट्रिय सभागृहमा बसको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक केन्द्रीय समितिको बैठक बसेको हो । केन्द्रीय कमिटी जम्बो भएकाले केन्द्रीय सदस्यलाई समूहमा विभाजन गरेर प्रतिवेदनमाथि छलफल गरिएको छ । हाल नेकपा केन्द्रीय सदस्यको संख्या ४ सय ४६ रहेको छ । बैठक केही दिन लम्बिने जनाइएको छ ।

नेकपाको जारी केन्द्रीय समिति बैठकमा बिहीबारदेखि समूहगत छलफल करिब करिब सकिएको छ । अध्यक्षद्वयको तर्फबाट पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबार समूहगत रुपमा छलफल भएको थियो ।

बुधबारदेखि सुरु भएको बैठकमा १५ समूह बनाएर राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही र पेरिसडाँडामा छलफल सुरु भएको थियो। एउटा समूहमा २९ सदस्य थिए। अल्फाबेटिकल आधारमा समूह विभाजन भएको छ भने यी समूहमा सचिवालयका नेता सहभागी थिएनन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);