प्रतिनिधिसभाको बैठक आज बस्दैछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दैछ

pratinidhi sava

काठमाडौं, १७ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दै, राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुने भएकाे छ ।

बैठकमा राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुनेछन् । आजको बैठकमा राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संसोधन विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै नेपाल इन्जिनियरिङ परिषद पहिलो संसोधन विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध व्यवस्थापन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संभावित कार्यसूची छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुनेछन् । न्याय परिषद र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी, थारु र मुस्लिम आयोगका वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ ।

बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य गम्भीरजंग कार्कीको निधनमा शोकप्रस्ताव पनि पारित गर्नेछ । २०४८ सालमा कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित कार्कीको ७४ वर्षको उमेरमा गत माघ ११ गते निधन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);