संसद बैठक ११ बजे बस्दै,यस्ता छन् सम्भावित कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

संसद बैठक ११ बजे बस्दै,यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज (साेमबार) बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएकाे हाे ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिनु हुने छ।

यसैगरी, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेकाे छ ।

Leave a Reply