प्रतिनिधि सभा बैठक बस्दै, यी हन् सम्भावित कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रतिनिधि सभा बैठक बस्दै, यी हन् सम्भावित कार्यसूची

काठमाडौँ, १२ कात्तिक। आज प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार आजकै बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);