प्रतिनिधि सभा बैठक बस्दै,यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौँ, १८ असोज । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बैठक बस्न लागेको हो । संसद् सचिवालयका अनुसार बैठकमा ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, पूर्व प्रतिनिधिसभा सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);