सरकारले काम नपाएर छाउगोठ भत्काउँदै हिड्यो : सांसद महत | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

सरकारले काम नपाएर छाउगोठ भत्काउँदै हिड्यो : सांसद महत

chau goth-sunya samaya

काठमाडौं, १७ माघ । कर्णाली प्रदेशका विभिन्न जिल्लामा सरकारले छाउगोठ भत्काएकोमा नेकपा सांसदले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शुक्रवारको सुन्य समयमा बोल्दै नेकपाका सांसद गजेन्द्र बहादुर महतले छाउगोठको नाममा आफूहरुको घर भत्काइएको भन्दै आपत्ति जनाउनु भएको हो । सांसद महतले गृहमन्त्रालयले काम नपाएर छाउगोठ भत्काउदै हिडेको आरोप समेत लगाउनुभयो ।

महतले कर्णालीमा जाने नुन र औषधीमा भ्रष्टाचार हुने गरेको भन्दै त्यसमा संलग्नलाई कारवाही गर्न समेत माग गर्नु भयो । त्यसैगरी बैठकमा सांसद खगराज अधिकारीले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा लागि थप जग्गा अधिग्रहण गर्ने बारे यथार्थ जानकारी गराउन माग गर्नुभयो ।

त्यसैगरी सांसद आशा कुमारी बिकले काठमाण्डौ महानगरभित्र रहेका ६० वटा सावैजनिक शौचालयमध्ये मध्ये २० वटा मात्रै सञ्चालनमा रहेको भन्दै मापदण्डयुक्त शौचालय निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद इन्दु कुमारी शर्माले चुरे दोहन उत्खनन् रोक्न माग गर्नुभयो ।

शून्य समयमा बोल्ने अन्य सांसदले पनि देशको समसामयिक बिषयमा सरकारको ध्यानकर्षण गराएका थिए ।

ताजा समाचार