प्रधानमन्त्री ओलीले संसद सम्बोधनमा गलत तथ्यांक दिएको प्रति सांसदको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीले संसद सम्बोधनमा गलत तथ्यांक दिएको प्रति सांसदको आपत्ति

samsadh

काठमाडौं, २९ पुस । प्रतिनिधि सभाको बैठकको विशेष र सुन्य समयमा वोल्ने सांसदहरुले देशको समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षा र आर्थिक अवस्थाको वारेमा संसदमा गलत तथ्यांक प्रस्तुत गर्नुभएको भन्दै आपत्ति समेत जनाएका छन् ।

प्रतिनिधिसभाको आइतवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा प्रधानमन्त्रीले गलत तथ्यांङक प्रस्तुत गरेर जनतालाई गुमराहमा राख्ने काम गरेको आरोप लगाए । सांसद रिजालले गतहप्ता संसदमा प्रधानमन्त्रीबाट सम्बोधनका क्रममा प्रस्तुत भएका जानकारी सबै गलत भएको दाबी गरे । प्रधानमन्त्रीले भने जस्तो मुलुकमा शान्ति सुरक्षा कायम नभएको, आर्थिक विकासका सुचांकमा सकारात्मक परिर्वतन नदेखिएको भन्दै उहाँले यथार्थलाई स्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

त्यसैगरी, सांसद ज्ञानेन्द्र बहादुर कार्कीले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको भन्दै डाक्टर केसी संग भएको सम्झौता कार्यान्वयन गरि अबिलम्ब माग पुरा गर्न सरकारसंग माग गरेका छन् । यस्तै, सांसद विना कुमारी श्रेष्ठले संसद सचिवायले निजी बैक नभई सरकारी बैकमार्फत संसद सचिवालयको खाता संचालन गर्न माग गरे ।

सांसद लालकाजी गुरुङले समानुपातिक सांसदहरुलाई सरकारले विभेद गरेको भन्दै बजेट विनियोजनमा समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद विन्दा पाण्डेले महिनाबारी हुदाँ छाउगोठमा राखेमा दण्ड सँजाय हुने कानुनी व्यवस्था रहेकोमा त्यसबारे भएको कारवाही र जनचेतनाका लागि भएका प्रयास बारे संसदलाई जानकारी गराउन माग गरे ।

आइतवारको वैठकमा बोल्ने अन्य सांसदहरुले पनि देशको समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);